‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हौँ : प्रचण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हौँ : प्रचण्ड


१ फाल्गुन २०७५, बुधबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट घटकहरुलाई कन्फ्युजन र भ्रम छाडेर गोलबद्ध हुन आह्वान गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले विपक्षी दल कांग्रेसलाई विकास र समृद्धिको यात्रामा एक भएर अगाडी बढ्न आग्रह गर्दै नेकपालाई थप सुदृढ बनाउने बताएका छन् ।

उनले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गर्दै दुबै मिलेर मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउनु दुई ऐतिहासिक परिघटना भएको बताए ।

उनले यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत बताए । जनयुद्ध, शान्ति सम्झौता, हतियार समायोजन, संविधान निर्माण र तीन तहको चुनाव सामान्य परिघटना नभएको भन्दै उनले नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस