२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँखा शिविरबाट साढे दुई सय लाभान्वित

अ+ अ-

गलेश्वर । म्याग्दीको नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा मङ्गलबार पुलाचौरमा सम्पन्न भएको निःशुल्क आँखा शिविरमा साढे दुई सय जना लाभान्वित भएका छन् ।

रेडक्रसको १६औँ स्थापना दिवसका अवसरमा पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे दुई सय लाभान्वित भएका हुन् ।

निःशुल्क आँखा परीक्षण शिविरमा २४० को आँखा परीक्षण गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरिएको छ । तीमध्ये पाँच जनाको तुरुन्तै मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएको हुँदा उनीहरुलाई हिमालय आँखा अस्पताल घारीपाटन पोखरा सिफारिश गरिएको आँखा उपचार केन्द्र बेनीका प्रमुख दिनेश बानियाँले बताए ।

उक्त शिविरमा भीरमुनी, पुलाचौर, चिप्लेटी, डडुवा र पुलाडाँडाबाट सर्वसाधारण सेवा लिन आएका थिए । बेनी नगरपालिकाको आर्थिक, रेडक्रस म्याग्दी शाखा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक तथा हिमालय आँखा अस्पताल पोखराको विशेष सहयोग र बेनपा–५ वडा कार्यालयको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको थियो ।

बुबाआमा र दाजुको स्मृतिमा पदमार्ग निर्माण

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका दुई दिदीबहिनी मिलेर आफ्ना स्व बुबाआमा र दाजुको स्मृतिमा पदमार्ग निर्माण गरेका छन् ।

दिदी शान्तकला र बहिनी तमाया तिलीजा पुनले स्व बुबा धनीराम, आमा धनमाया, देउमाया र दाजु नीरबहादुर तिलिजाको स्मृतिमा पदमार्ग निर्माण गरेका हुन् ।

तिलीजा दिदीबहिनीले रु २५/२५ का दरले पदमार्ग निर्माणमा सहयोग गरेको चित्रबहादुर पुनले जानकारी दिए । तिलीजाद्वयको सहयोगमा स्थानीयवासीले श्रमदान गरेर चिमखोलादेखि मण्डलीको थान जाने पदमार्ग निर्माण गरेका हुन् । मण्डलीको थान चिमखोलाको प्रसिद्ध धार्मिकस्थल हो । रासस