२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरगङ्गा जलविद्युत् आयोजनाको अध्ययन गर्दै प्राविधिक टोली

अ+ अ-

गलकोट । प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली बागलुङ आएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय र लगत सङ्कलनका लागि प्राविधिक टोली आयोजनास्थलमा खटिएकोे नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको वातावरणीय प्रभाव मूल्याङ्कन र प्रभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजनाभित्र पर्ने जग्गा, रूखलगायतको लगत सङ्कलनका लागि प्राविधिक टोली ढोरपाटन आएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक कृष्णप्रसाद जोशी, वातावरण विभागका सहनिर्देशक अच्युत दवाडी, वातावरणविद् विनोद प्याकुरेल, सिभिल इञ्जिनीयर कौशल घिमिरे र सिभिल इञ्जिनीयर कैशल अन्सारीलगायतको १० जनाको प्राविधिक टोलीले अहिले आयोजना स्थलको विस्तृत अध्ययन गरिरहेको छ ।

आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूचीसहितको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई आयोजना प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययनका लागि प्राधिकरणको टोली आएको नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक कृष्णप्रसाद जोशीले राससलाई बताए ।

‘अहिले आयोजना अध्ययनकै चरणमा छ,’ सहायक निर्देशक जोशीले भने, ‘आयोजनाले समाजमा पार्न सक्ने भौतिक, जैविक, सामाजिक र सांस्कृतिक वातावरणको गम्भीर अध्ययन गरिरहेका छौँ ।’ प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बस्ती स्थानान्तरणको सम्भावना, प्रभावितहरुलाई प्रदान गरिने मुआब्जा, स्थानीयवासीको मागका विषयमा स्थानीयवासीलाई राय सङ्कलनसमेत गरिरहेको छ ।

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने नेपालकै उत्कृष्ट आयोजना रहेको अध्ययन टोलीका सदस्य विभागका सहनिर्देशक दवाडीले बताए । ठूला आयोजना निर्माण गर्दा कम विस्थापित हुने नेपालकै पहिलो आयोजना उत्तरगङ्गा जलाशययुक्त आयोजना रहेको दवाडीको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्यायन प्रतिवेदन भइसकेपछि आयोजना निर्माण गर्न अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेर निर्माणको काम थालिने प्राधिकरणको भनाइ छ ।

गण्डकी प्रदेशको समृद्धिका लागि आयोजनाले ठूलो भूमिका खेल्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । ८२८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत् आयोजनाको लामो समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवादका कारण अगाडि बढ्न सकेको थिएन ।

आयोजना रुकुमतर्फ खसाल्दा जम्मा ३५० मेगावाट उत्पादन हुने भएपछि निसिखोला नै खसाल्ने निधो भएसँगै आयोजनाले गति लिएको छ । आयोजना निर्माण गर्न करीब ६०० घरधुरी विस्थापित हुनेछन् भने पाँच हजार कित्ता जमीन प्रयोग हुनसक्ने प्राधिकरणबाट खटिएकोे प्राविधिक टोलीले अनुमान गरेको छ ।

ढोरपाटनमा रहेको उत्तरगङ्गा नदीको पानीलाई एक हजार ३५० मिटर तल निसिखोलामा खसालेर विद्युत् उत्पादन गरिने लक्ष्य आयोजनाले राखेको छ । आयोजना निर्माणका लागि करीब १२० अर्ब खर्च लाग्नेछ । जलाशययुक्त जलविद्युुत् आयोजना निर्माण भएपछि बर्खा र हिउँदमा एकै किसिमको विद्युत् उत्पादन हुनेछ ।