प्रशासनका ४५६ शाखा अधिकृतले रोजे प्रदेश र स्थानीय, उपसचिव १२ जना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रशासनका ४५६ शाखा अधिकृतले रोजे प्रदेश र स्थानीय, उपसचिव १२ जना


प्रशासन विशेष ब्युरो

२३ माघ २०७५, बुधबार


प्रशासन सेवा

काठमाडौँ । कर्मचारी समायोजन प्रक्रियामा सहभागी प्रशासन सेवाका ४  सय ५६ शाखा अधिकृतले प्रदेश र स्थानीय तह रोजेका छन् ।

जसमध्ये ३ सय ५० जना शाखा अधिकृतले प्रदेश रोजेका छन् भने स्थानीय तह रोज्नेको सङ्ख्या एक सय ६ रहेको छ ।

कुल दुई हजार ८ सय ८९ शाखा अधिकृतमध्ये बाँकी रहेका ४ सय ३३ जनाले सङ्घ रोजेको उच्च स्रोतले प्रशासनलाई बतायो ।

त्यसै गरी प्रदेश र स्थानीय रोज्ने प्रशासनतर्फका १२ जना उपसचिवले प्रदेश र स्थानीय तह रोजेका छन् ।

प्रदेश रोज्ने उपसचिवको सङ्ख्या ८ रहेको छ भने ४ जना उपसचिवले स्थानीय तह रोजेका हुन् ।

प्रशासन सेवाका उपसचिवलाई समायोजन दिने निर्णय बुधवार भएको छ भने शाखा अधिकृतका लागि अझै केही दिने लाग्ने छ ।

मन्त्रालय स्रोतका अनुसार केही दिनभित्रै अन्य सेवा÷समूहका अधिकृतहरूको तथ्याङ्क सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस