२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड पूरा नगरेका मोटरबाटो सुधार गर्न निर्देशन

अ+ अ-

सल्यान । कपुरकोट गाउँपालिका–६ मा निर्माण गरिएका मोटरबाटो मापदण्डअनुसार नभएको पाइएको छ । गाउँपालिकास्तरीय अनुगमन टोलीले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको बाटो मापदण्डअनुसार चौडाइ नपुगेको पाइएको इञ्जिनीयर भुपेन्द्र ऐरीले जानकारी दिए ।

अनुगमन समितिका संयोजक तीला बुढामगरको संयोजकत्वमा रहेको अनुगमन समितिले कपुरकोट–६ मा निर्माण गरिएका जलवाङ– घोयलडाँडा–सिस्नेखोला मोटरबाटो निर्माण योजना, काफलबोट– डाँडागाउँ मोटरबाटो मर्मत योजना, भिङ्गारे–धाराबोट–सातामुल मोटरबाटो निर्माण योजना र रीम–छायाँनाथ मोटरबाटो मर्मत योजनाको अनुगमन गरेको थियो ।

यी मोटरबाटोको नापजाँच गर्दा कतिपय स्थानमा गाउँपालिकाको मापदण्डअनुसार चार मिटर चौडाइ हुनुपर्ने भए पनि त्यो भन्दा कम भएकाले त्यस्तो ठाउँमा सुधार गर्न सुझाव दिइएको संयोजक बुढामगरले जानकारी गराए । उपभोक्ता समितिका पदाधिकारी तथा मोटरबाटोको उपभोग गर्ने उपभोक्तालाई दीर्घकालसम्म फाइदा पुग्ने गरी मोटरबाटो निर्माण गर्नुपर्ने र निर्माण गरिएको बाटोको रेखदेख, मर्मतसम्भारमा स्थानीयवासीले नै सक्रियता देखाउनुपर्ने बुढामगरले सुझाव दिए ।

साथै अनुगमनको क्रममा कतिपय मोटरबाटोको मोड साँघुरो देखिएकाले सुधार गर्न निर्देशन दिइएको गाउँपालिकाका प्राविधिक प्रवीण शाहले बताए। सो अवसरमा जलवाङ– घोयलडाँडा–सिस्नेखोला मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण पुन, काफलबोट–डाँडागाउँ मोटरबाटो मर्मत योजनाका अध्यक्ष कमानसिंह बस्नेत, भिङ्गारे–धाराबोट–सातामुल मोटरबाटो निर्माण योजनाका अध्यक्ष सीताराम बोहोराले गाउँपालिकाले बेलैमा अनुगमन गरी सुझाव दिएकामा धन्यवाद दिँदै इञ्जिनीयर तथा प्राविधिकले कमजोरी औँल्याएको ठाउँमा सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

सुधार भएपछि फेरि नापजाँप गरी मूल्याङ्कन गरिने प्राविधिकले जनाएका छन् । अनुगमनमा वडा नं ६ का वडाध्यक्ष हेरमबहादुर बुढाथोकी, पत्रकार महासङ्घ सल्यानका सचिव शङ्कर केसी, प्राविधिक लिलामणि देवकोटा, वडा नं ६ का वडा सदस्य झाँकबहादुर महतारा, रुपलाल बुढाथोकीलगायत सहभागी थिए।

मापदण्डअनुसार काम नभएको, गुणस्तरीय तथा पारदर्शी काम नभएमा कुनै पनि योजनाको रकम भुक्तानी दिन नसकिने गाउँपालिकाले जनाएको छ । रासस