२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुत्केरी हुँदा भुइँमा सुत्ने चलन हट्दै

अ+ अ-

गलेश्वर । परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ ।

बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घसंस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेपछि सुत्केरी स्याहार गर्ने चलनमा सुधार आएको हो ।

समयमै गर्भ जाँच, सुत्केरी सामग्री, सुत्केरी अवस्थामा देखिने खतराका लक्षणलगायतका कुरामा पनि महिलाले विशेष ध्यान पुर्याउन थालेका छन् । अशिक्षाका कारण विभिन्न समस्या भोग्दै आएका ग्रामीण महिलामा चेतना आएपछि समूहमा आउने सुरक्षित मातृत्वसम्बन्धी छलफल गर्ने, सुत्केरी हुन अस्पताल जाने, सुत्केरीपछि ४२ दिन आराम गर्नेलगायतका कुरामा स्थानीय महिला समूहले सहयोग गर्न थालेको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।

पहिला पहिला सुत्केरी भएको तीन दिनपछि नै काम गर्ने गरेकी बेनी नगरपालिका–३ तोराखेतकी चेतमाया नेपालीले सुत्केरी अवस्थामा आराम गर्नुपर्छ र चिसो भुइँमा सुत्नुहुँदैन भन्ने थाहा भएपछि यस पटक महिना दिनसम्म आराम गरेको बताइन् ।

“पहिलेपहिले बिरामी हुँदा धामीझाँक्रीकोमा लैजान्थे तर अहिले अस्पतालमा लैजाने गरेका छौँ”, स्थानीय दिलबहादुर सापकोटाले भने, “यहाँका महिलाले सुत्केरी अवस्थामा खतराबाट जोगिन समूहमा मासिक रूपमा छलफल गर्ने चलन बसालेका छन् ।”

महिलालाई पुरुषले पनि सहयोग गर्न थालेको तोराखेतका समाजसेवी सापकोटाले बताए । तोराखेतमा महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि रु ३० हजार बराबरको आकस्मिक कोष स्थापना गरिएको र त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने उनले बताए । यसैगरी महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि सामाजिक परिचालकसमेत व्यवस्था गर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस