२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनसिक सातौँ शैक्षिक सेमिनार सफलता पूर्वक सम्पन्न

अ+ अ-

कोरिया । नेपाली विद्यार्थी समाज कोरिया(सोनसिक) ले आफ्नो सातौँ शैक्षिक सेमिनार दक्षिण कोरियाको इक्सानस्थित वोनखोङ्ग विश्वविद्यालयमा भव्यतापूर्वक सम्पन्न गरेको छ ।

दुई दिनसम्म चलेको सम्मेलनमा पहिलो दिन ‘नेपालको सङ्घीय शिक्षा नीतिमा प्रवासमा रहनुभएका नेपालीहरूको भूमिका’ विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । उक्त कार्यशालामा डा.अग्नि कोइराला,डा. देवी ब. बस्नेत तथा डा. एकराज बरालले सहजकर्ताको भूमिका निभाएका थिए ।

केन्द्रीय राज्य प्रणालीको लामो इतिहास बोकेको मुलुकले सङ्घीयतामा शिक्षाका मुद्दा कसरी सही र व्यवस्थित समाधानको स्वरूप निर्धारण गर्ला भन्ने मा सबैको चासो भए अनुरूप प्रवासमा रहनुभएका नेपालीहरूको पनि त्यति नै चासो रहेको, अझ कोरियामा प्राध्यापक तथा अनुसन्धानकर्ताको रूपमा कार्यरत रहँदै आएका विज्ञहरूबाट अबको सङ्घीय शैक्षिक व्यवस्था कस्तो रहँदा लाभ हुन्छ भन्ने विषयमा बृहत् छलफल भएको थियो ।

छलफलको क्रममा पाठ्यक्रम, पाठ्यपुस्तक, पठन–पाठन प्रणाली, अनुगमन, सम्बन्धन, मूल्याङ्कन, गुणस्तरीय मापन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समकक्षता आदि विषयमा कस्तो नीति नियम तर्जुमा गर्दा नेपालको समग्र शिक्षा व्यवस्था वैज्ञानिक हुन्छ भनेर बृहत् छलफल भएको थियो ।

समूहगत रूपमा भएको छलफलको निष्कर्षलाई प्रतिवेदनको स्वरूप दिएर नेपाल सरकारको सम्बन्धित निकायमा बुझाउने योजना रहेको कुरा सोनसिक सभापति तुलसी पौडेलले बताएका छन् ।

साथै दोस्रो दिन ‘नेपालको विकाश र अनुसन्धानमा प्रवासी नेपालीको भूमिका’ विषयमा सेमिनार भएको थियो । उक्त कार्यक्रमको सभापति सोन्सिकका सभापति तुलसी पौडेलले गरेका थिए भने प्रमुख अतिथिमा कोरियाका लागी नेपाली राजदूतावासका उप–नियोग प्रमुख क्रिरण शाक्य, विशेष अतिथिमा वोनखोङ्ग विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक प्रो.डा.चुंग सु जिन तथा एन.आर.एन. दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, अतिथिहरूमा सम्दोंग अन्तर्राष्ट्रिय का निर्देशक किम. दो यौंग, सोन्सिकका पूर्व सभापतिहरू, वर्तमान तथा पूर्व सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोरियामा अध्ययनरत विद्यार्थी तथा विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शाक्यले नेपाली डायस्पोराहरुले गरेको अध्ययन अनुसन्धान र अहिले भएको बहस उपयुक्त र सान्दर्भिक भएको बताएका थिए । सोन्सिकले गरेका प्राज्ञिक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्य गरी देश विकासमा टेवा पुराउन सक्नेछ भन्ने शुभकामना व्यक्त गरेका थिए । ‘हामीले आर्जेको सिप र ज्ञान सही ठाउँमा उपयोग गर्दा आफू मात्र नभई आफ्ना भावी सन्ततिका लागि पनि महत्त्वपूर्ण हुनेछ’ अध्यक्ष गुरुङले भने ।

सेमिनारमा डा. देवी बस्नेत, डा. अग्नि कोइराला, डा. रमेश पाण्डे, डा. सञ्जय पौडेल, डा. रमाकान्त लामिछानेले नेपालको अनुसन्धान र विकासमा आफूले गरेका अनुसन्धानलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए । डा. भानु श्रेष्ठ ,डा माधव न्यौपाने, डा. कृष्ण ढकाल, डा. तारामान कडायत, डा. मधुसूदन आतरेय,डा. बालकृष्ण घिमिरे तथा डा. सुशील भण्डारीले सहजकर्ताको रूपमा भूमिका निभाएका थिए ।

त्यसैगरी डा. बोजिन्द्र तुलाचन, डा. प्रदीप अधिकारी , डा.राघबेन्द्र दत्ता , श्रीकृष्ण आचार्य र रमेश परियार ले पनि आफूले गरेका अनुसन्धानको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको अर्को आकर्षणका रूपमा हेरिएको नेपाली भेषभुषामा सजिएर विधार्थीहरुको नेपाली मौलिक शैलीका गीत र नृत्यहरूले कार्यक्रम थप मनोरञ्जन प्रदान गरेको थियो

विदेशमा रहेता पनि यस्तो नेपाली कला, भाषा र संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाको सांस्कृतिक विभाग संयोजक टोंकिंग बास्तोलाले बताए । यसै क्रममा सोनसिकको १४औ कार्यसमितिलाई बिदाइ कार्यक्रम पनि आयोजना गरिएको थियो । सभापति पौडेलले पूर्व कार्यसमिति पदाधिकारीहरूलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए ।

सोनसिकले स्थापना काल देखिनै कोरियामा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरू गर्दै आइरहेको छ । शैक्षिक सेमिनार एक महत्त्वपूर्ण कार्यक्रम रूपमा हेरिएको छ । सेमिनारमा कोरियाका विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरू, कोरियामा प्राध्यापक तथा अनुशंधान्कर्ताको रूपमा कार्यरत रहँदै आएका विज्ञहरू तथा प्रवासी नेपाली समुदायको उल्लेख्य सहभागिताले सोनसिकलाइ आगामी दिनमा अझ प्रभाकारी कार्यक्रम ल्याउन प्रेरणा मिलेको संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश देवकोटाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस