कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका एक कर्मचारी घुस लिँदालिँदै पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका एक कर्मचारी घुस लिँदालिँदै पक्राउ


१९ पुस २०७५, बिहिबार


घुस

काठमाडौं । कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका एक कर्मचारी पक्राउ परेका छन् । करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेय पक्राउ परेका हुन् ।

आत्रेयले शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको आरोप छ ।

उक्त कार्यालयमा बिचौलियाको काम गर्ने सरिता कार्की र पूर्णचन्द्र आत्रेयलाई सात हजार घुसबापतको रकम लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ ।

सुबोध भन्ने पूर्ण चन्द्र आत्रेयलाई बिगो सात हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय तथा सरिता कार्कीलाई सात हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय क अनुसार हुने सजायमा ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम जरिवाना र कैद सजाय हुने गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस