भंसार छली गरेको पाँच लाख मूल्य बराबरको अबैध सामान बरामद « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भंसार छली गरेको पाँच लाख मूल्य बराबरको अबैध सामान बरामद


१९ पुस २०७५, बिहिबार


काठमाडौं । प्रहरीे भंसार छली गरेर ल्याउँदै गरेको पाँचलाख मूल्य बराबरको सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोक स्थित सडकबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरको सामान प्रहरीले बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरको ना२ह.२९६९ नम्बरको ई–रिक्सा चेकजांच गर्ने क्रममा रिक्सा चालक रिक्सा छाडी भागेको र रिक्साम लोड रहेको जुठको बोरामा ४ बोरा पित्तलको कचौरा, दुई बोरा ईलेक्ट्रोनिक्स सामान गरी ५ लाख ५४ हजार चार सय ३० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रिक्सा र सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस