हामी साझा मान्छे हौँ हामीबाट विभेद हुन्न : नगर प्रमुख जोशी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हामी साझा मान्छे हौँ हामीबाट विभेद हुन्न : नगर प्रमुख जोशी


१९ पुस २०७५, बिहिबार


डोटी । शिखर नगरपालीका डोटीका नगर प्रमुख सिताराम जोशीले नगरपालीकामा विना भेदभाद काम गरिरहेकोबताएका छन् । बुधबार राधाकृष्ण माध्यामिक विद्यालय शिखर नगरपालिका ५ को ४९ औँ वार्षिकोत्सब समारोहमा बोल्दै सो कुरा बताएका हुन्।

‘हामी चुनाव लड्दा कुनै पार्टीबाट आएका थियौँ, अब हामी साझा मान्छे हौ, सोही अनुसार समान व्यवहार गर्नु पर्छ, नगर प्रमुख जोशीले भने, ‘सवै वडामा वडाबाट शिफारिस गरेका योजनाहरु समान रुपमा अगाडी बढाइ रहेका छौँ । अव जन प्रतिनिधिलार्इ आ–आफ्नो ठाउँमा सामाजिक सद्भाव तथा मेलमिलाप अनि विकास निर्माणको जिम्मेवारी समेत रहेको कुरा उल्लेख गर्दै नगर प्रमुख जोशीले नगरपालिकामा आइपर्ने समस्यामा नगरपालिका सधै साथमा रहेको बताए । समाज र नगरको भविश्य अबका बालबालिका तथा युवामा रहेको उल्लेख गर्दै उनले स्कुलले गुणस्तरीय शिक्षा मार्फत दक्ष नागरिक तयार गर्न आग्रह गरे ।

त्यस्तै, वार्षिकोत्सबमा शिखर नगरपालिकाका उप प्रमुख धौली देवी रावलले अहिलेको समय अनुसार सवै पक्ष मिलेर स्कूलको गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए । साथै नगरपालिकाका महिलाका पक्षमा विभिन्न कार्यक्रम मार्फत लागि परेको बताए।प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले नगरपालिकाले नगरपालिका भित्रका स्कूलमा शैक्षिक विकास तथा गुणस्तरका लागि विशेष नीति नै लिएको बताए। नगरपालिकामा योजना माग गर्दा निवेदमात्र नभएर विस्तृत योजना पेश गरेमा सजिलो हुनेबताए । स्कूलका प्राधानाध्यापक उत्तम एेरले स्कूलको वार्षिक प्रतिवेदन , स्कूलको भावी योजना, समस्या अनि चुनौती पेश गरेका थिए।

कार्यक्रममा शिखर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदम वोहरा, सरस्वती मावि चुडीका साहायक प्राचार्य घंगाराम भट्ट, सारदा मा वि मुडभराका शिक्षक रामचन्द्र जोशीले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्कूललाइ चन्दादाता, जग्गादाता, लामो समय सम्म सेवा गरेका शिक्षक लगायतलाई सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस