वाइडबडी खरिद अनियमितताबारे कारबाही थालियो, दुई सचिवलाई निलम्बन गरिने (प्रतिवेदनसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाइडबडी खरिद अनियमितताबारे कारबाही थालियो, दुई सचिवलाई निलम्बन गरिने (प्रतिवेदनसहित)


१८ पुस २०७५, बुधबार


वाइडबडी खरिद

काठमाडौं । वाइडबडी खरिद अनियमितताबारे कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज अनियनितताबारे छानबिन गर्न बनेको उपसमितिले दुई सचिवलाई निलम्बन गरी भ्रष्टाचार अभियोगमा कारबाही थाल्न सिफारिस गरेको हो ।

उपसमितिले सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाउँदै गृहसचिव प्रेमकुमार राई र पर्यटनसचिव कृष्णप्रसाद देवकोटा तत्कालिन सचिव संकरप्रसाद अधिकारी र निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न सिफारिस गरेको हो ।

यस्तै, उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, तत्कालीन पर्यटनमन्त्री जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई कानुनी प्रक्रिया अन्तर्गत कारबाही गर्न निर्देशन दिएको छ । प्रतिवेदनमा अन्य सहभागी सबौई कारबाही गर्न भनिएको छ ।

प्रतिवेदनमा वाइडबडी खरिदमा ४ अर्बभन्दा बढी अनियमितता भएको निष्कर्ष निकालिएको छ । समितिका सदस्य राजन केसीको संयोजकत्वमा गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रकम हिनामिना गरेको ठहर गरेको छ।

वाइडबडी अनियमितताबारे छानबिन गर्न गत मंसिर २६ गते ७ सदस्यीय उपसमिति गठन गरेको थियो। समितिमा प्रेम आले, कृष्णलाल महर्जन, प्रदीप यादव, चन्दा चौधरी, धर्मशीला चापागाईं र मीना सुब्बा छन्।

हेर्नुस् प्रतिवेदन :

Tags :
प्रतिक्रिया दिनुहोस