काठमाडौं । भन्सार छली गरेको ८५ हजार बराबरको सामानसहित दुई जना पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका १० स्थित ठाकुरराम क्याम्पस पछाडिबाट साईकलमा लोड गरी ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको हो ।
ओसारपसार कार्य नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्ज २५ खल्वाटोल बस्ने अजय सहनी र सोही स्थान बस्ने विरेश पटेललाई सामान र दूई थान साइकलसहित नियन्त्रमा लिएको हो ।
उनीहरुबाट उनी स्वीटर ९६ पिस र उनी कुर्ता सुरुवाल ५९ पिस ८५ अजार बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि बीरगंज भंसार कार्यालय बुभाइने जनाइएको छ ।







