काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई ‘स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ
सदनमा कांग्रेस संसद गगनकुमार थापा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने कर्मचारी समायोजन अध्यादेश ‘अस्वीकृत गरियोस्’ भनि छुट्टा छुट्टै प्रस्ताव पेश गर्ने बताएका छन् ।
शिक्षामन्त्री गिरिजामणि पोखरेलले परमाणिक विधेयक, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले जीवनाशक विषादि व्यवस्थापन विधेयक गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, कानूनमन्त्री ढकालले प्रशासकीय अदालत विधेयक र मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाएका छन् ।







