२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत खर्चमा समाजसेवा गर्दै नगरप्रमुख

अ+ अ-

बलेवा । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आएका छन् ।

उनले अहिलेसम्म तलबभत्ता पनि लिएका छैनन् । बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग गरिरहेका छन् । “केही परिवर्तन गरेर देखाउँछु,” नेपालीले भने । आफ्नो कार्यकालमा टहरामा बस्दै आएका नागरिकका लागि जस्तापाताको व्यवस्था गर्ने उनको योजना छ । अहिलेसम्म उनले आफ्नै खर्चमा ४६१ परिवारलाई जस्तापाता उपलब्ध गराएका छन् ।

बुर्तिवाङस्थित निसीभुजी जनता क्याम्पसलाई नगरप्रमुख नेपालीले २१ लाख सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अर्यालले बताए । नेपालीले शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयमा ५१ शिक्षक व्यक्तिगत खर्चमा नियुक्त गरेका छन् । उनीहरुलाई प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब उपलब्ध गराएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यालयलाई दुई, १ देखि ५ सम्मकालाई तीन र कक्षा १० सम्मकालाई चार शिक्षक उपलब्ध गराएका छन् ।

कूल डेढ सय शिक्षक आवश्यक पर्नेमा उनले एकतिहाइ शिक्षकको तलब आफैले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । नगरभित्र ४४ विद्यालय छन् । नेपालीले आर्थिक अवस्था कमजोर भएका, दलित, अपाङ्ग र एकल महिलालाई निःशुल्क यातायातको व्यवस्था गराउने घोषणा गरेका छन् । बुर्तिवाङदेखि पोखरासम्म उपचारको क्रममा यात्रा गर्न बाध्यलाई निःशुल्क सेवा दिनका लागि सबै वडाबाट लक्षित समुदायको परिचयपत्र बनाउने काम थालेको नेपालीले बताए ।

“सबै वडामा विपन्न, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतको सूचक झल्कने परिचयपत्र बनाउँदै छौँ”, पोखरेलले भने, “तयार भएपछि निःशुल्क सेवाको थालनी हुनेछ ।” नेपालीले आफ्नै खर्चमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराएका छन् ।

एक सय ५४ बालबालिकामा कुपोषण

बागलुङमा एक वर्षको अवधिमा १५४ बालबालिकामा कुपोषणको समस्या देखापरेको छ । उमेरअनुसार तौल नभएका, खान नपाएका र खानाको मात्रा नमिलेका कारण बालबालिकामा कुपोषणको समस्या देखापरेको हो । सुआहारा कार्यक्रमले तयार गरको तथ्याङ्कअनुसार कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या अत्यधिक छ ।

कुपोषण समस्या देखापरेका सबै बालबालिकालाई जिल्ला सदरमुकाममा रहेको धौलागिरि अञ्चल अस्पतालको पोषणगृहमा राखेर उपचार गराइएको छ । स्वास्थ्य कार्यालय र सुआहारा कार्यक्रममार्फत आमा र स्वास्थ्यको सुधारमा तोकिएका सूचक राखेर अनुसन्धान गर्दा कुपोषणको समस्या देखापरेको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर रेशम नेपालीले बताए । उपचार गरेका मध्ये बागलुङ नगरपालिकामा नौ जना जोखिमका परेको देखिएको कार्यक्रमका जिल्ला संयोजक चिरञ्जीवी दाहालले बताए ।

त्यस्तै गलकोट र ढोरपाटन नगरपालिकामा तीन÷तीन, जैमिनी नगरपालिकामा दुई, निसीखोला गाउँपालिकामा छ, तमानखोलामा तीन र बडिगाड गाउँपालिकामा दुई जना कुपोषित छन् । गर्भदेखि जन्मेको दुइ वर्षसम्म आमा र शिशुको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्ने तथा आमाले पोषणयुक्त खाना खाएमा मात्र कुपोषणबाट बचाउन सकिने स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले सुझाव दिए । “तौल र उचाइको अनुपात नमिलेको र पौष्टिक आहारा नपाए बालबालिका कुपोषित भएर मर्नेसम्मको खतरा हुन्छ”, तिवारीले भने । रासस