बिग ब्यास लिग क्रिकेटमा चौथो खेल खेल्दै सन्दीप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिग ब्यास लिग क्रिकेटमा चौथो खेल खेल्दै सन्दीप


१७ पुस २०७५, मंगलबार


काठमाडौं । सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् । मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दुई बजे खेल सुरु हुनेछ ।

सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका तीनै खेल खेलिसकेका सन्दीपले आजको खेलमा पनि खेल्ने निश्चित जस्तै छ । अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका सन्दीपले आजको खेल कस्तो खेल्छन्, फ्यानहरुमा उत्सुकता बढेको छ ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए र तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए । तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस