२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिग ब्यास लिग क्रिकेटमा चौथो खेल खेल्दै सन्दीप

अ+ अ-

काठमाडौं । सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेल्दै छन् । मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दुई बजे खेल सुरु हुनेछ ।

सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका तीनै खेल खेलिसकेका सन्दीपले आजको खेलमा पनि खेल्ने निश्चित जस्तै छ । अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका सन्दीपले आजको खेल कस्तो खेल्छन्, फ्यानहरुमा उत्सुकता बढेको छ ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए र तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए । तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।