संघमा रहने कर्मचारीको दरबन्दी : कुन पदमा कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघमा रहने कर्मचारीको दरबन्दी : कुन पदमा कति ?


प्रशासन विशेष ब्युरो

१६ पुस २०७५, सोमबार


समायोजन

काठमाडौँ । संघीय संरचना अनुशार संघमा रहने कर्मचारीको दरबन्दी यकिन भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संमा कायम रहने मुख्यसचिवदेखि कार्यालय सहयोगसम्म गरी ४७ हजार ९ सय २० कर्मचारीको दरबन्दी कायम भएको छ । जसमध्ये मुख्य सचिव एक र प्लम्बरको दरबन्दी दुई जना रहेको छ ।

संघमा ५५ जना सचिव रहने छन् भने ५ सय १७ जना सहसचिवको दरबन्दी रहेको छ ।

संघमा रहने सहसचिवहरूमध्ये सामान्य प्रशासनतर्फ २ सय ५७, कानुन २७, सरकारी वकिल ६ र परराष्ट्र १६ गरी ३ सय ६ जना प्रशासन र प्राविधिक तर्फ २ सय ११ रहेका छन् ।

त्यसैगरी संघमा रहने उपसचिवको सङ्ख्या दुई हजार तीन सय २३ रहेको छ । जसमा प्रशासन तर्फ सामान्य प्रशासन ९ सय ३९, राजश्व १ सय ५२, लेखा १ सय २९, परराष्ट्र ४९, कानुन ७० र सरकारी वकिल १२ गरी एक हजार तीन सय ५१ जना रहेका छन् । प्राविधिक उपसचिवको सङ्ख्या ९ सय ७२ रहेको छ ।

त्यस्तै अधिकृतको सङ्ख्या ६ हजार ४ सय २४ रहेको छ । जसमा दुई हजार ८ सय ८८ प्राविधिक रहेका छन् भने बाँकी तीन हजार पाँच सय ३६ मध्ये सामान्य प्रशासनतर्फ दुई हजार तीन सय चार, राजश्व छ सय २९, लेखा तीन सय ६९, परराष्ट्र एक सय तीन, कानुन एक सय दुई र सरकारी वकिल २८ रहेका छन् ।

नायव सुब्बाको सङ्ख्या १० हजार तीन सय ६१ रहेको छ । जसमा चार हजार आठ सय ३३ जना प्राविधिक रहेका छन् । नायव सुब्बा सामान्य प्रशासन तीन हजार दुई सय ४८, राजश्व आठ सय ४५, परराष्ट्र एक सय २७, कानुन ३२, सरकारी वकिल तीन र लेखा एक हजार दुई सय ६७ दरबन्दी रहेको छ । प्राविधिक नायवसुब्बाको दरबन्दी चार हजार आठ सय ३० कायम भएको छ ।

संघमा खरिदारको दरबन्दी सामान्य प्रशासन तर्फ तीन हजार ५१, कानुन ७ र लेखा चार सय ८४ गरी तीन हजार पाँच सय ४२ रहेको छ भने प्राविधिक खरिदार तर्फ दुई हजार दुई गरी पाँच हजार पाँच सय ४४ जना रहेका छन् ।

र, संघमा सबैभन्दा बढी सङ्ख्यामा रहने कर्मचारीमा श्रेणी विहीनको दरबन्दी रहेको छ । सङ्घमा १४ हजार चार सय ८४ जना श्रेणी विहीनको दरबन्दी कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस