काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका-१३ बेल्वास्थित परवानीपुर मिलनचोक सडकखण्डमा चरेशसहित एकजना पक्राउ परेका छन् ।
मकवानपुर मनहरीबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना.४ख २९८५ नं. को ट्रकसहित हेटौंडा उमानगरपालिका–१२ बस्ने २९ वर्षीय सागर वललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ट्रकलाई चेकजाँच गर्दा ट्रकको बडि र क्यावीनको बीचमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको १६० किलो लागुऔषध चरेश बरामद गरेको हो ।
ट्रकचालक वल र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।







