महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


१५ पुस २०७५, आइतबार


कञ्चनपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले समुदाय (प्रहरी साझेदारी अवधारणा)अन्तर्गत अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरीले समाजसँगको समन्वय र सहकार्यमा काम गर्दै आएको बताए । महिला हिंसा, हत्या, बलात्कार जस्ता अपराधिक घटना अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको र यस कार्यलाई थप सक्रियताका साथ नयाँ ढंगबाट निरन्तरता दिइने उल्लेख गरे ।

कञ्चनपुर जिल्ला अन्तर्गतका प्रहरी कार्यालयलाई साधनस्रोत तथा भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता साथ हेरिएको बताउँदै प्रहरी महानिरीक्षक खनालले यसले प्रहरी कार्यमा थप सक्रियता र सफलता मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अन्तरक्रियामा उठाइएका गुनासाहरूको सम्बोधन समेत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरू नागरिक समाज, महिला सञ्जाल, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस