काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्ने व्यत्ति पक्राउ गरिएको छ । काठमाडौंको पेप्सीकोलाबाट नक्कली सुनका गहनालाई सक्कली भनेर ठगी गर्ने ललितपुर उपमहानगरपालिका वडा नं १३ बस्ने वर्ष २६ को राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
रमेश मगर र रवि तामाङ्गले दिएको जाहेरीका आधारमा राजु परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले कोटेश्वर जडिबुटी, पेप्सीकोला लगायत एरियामा ठगी गर्दै हिँडेको खुल्न आएको छ । उनको साथबाट प्रहरीले सिक्री १० थान, बेरुवा औँठी ३२ थान, सादा ब्रासलेट १ थान, कानमा गाउने रिङ्ग १ जोर, कानमा लगाउने टि १ जोर, विभिन्न् औंठी ५ थान, चाँदी जस्तो देखिने धातुको सिक्री १ थान, विभिन्न् साइजको पत्थर ७ थान, नेपाली नागरिकताको प्रमाण्पत्र ११ थान, सवारी चालक अनुमतिपत्र २ थान, मोवाइलहरु ४ थान, नगद रुपैयाँ १६ हजार र बन्यजन्तुको दात जस्तो देखिने सेतो दारा थान १ बरामद गरेको छ ।
उनलाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।







