समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेका छौँ : प्रधानमन्त्री « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेका छौँ : प्रधानमन्त्री


१५ पुस २०७५, आइतबार


कर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना दिँदै उनले समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज निर्माण गर्ने एकमात्र लक्ष्यका साथ सरकार अगाडि बढेको प्रष्ट पारे ।

‘विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यैँ सफल हुन दिएन’, ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

‘सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेको छ, यो अभियानलाई सफल पार्न सरकारको एक्लो प्रयास मात्र पूर्ण हुँदैन, त्यसैले यस महाअभियानमा सबै सङ्घसंस्था र समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, आशा छ तमु समुदायले सरकारको यो महाअिभयानमा पूर्णरुपमा सहकार्य गर्नेछ ।’

“हामी लामो समय राजनीतिक हक अधिकार प्राप्तीको संघर्षमा होमिनु पर्दा देशले विकासको गति लिन सकेन । जनताले अभाव, अशिक्षा र गरिबी भोग्नु प¥यो, मुलत नेपालमा राजनीतिक मुद्धाहरु सकिएका छन् र हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं ।” प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्

Tags :
प्रतिक्रिया दिनुहोस