२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृतकका परिवारलाई गाउँपालिकाबाट राहत

अ+ अ-

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मङ्सिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप शनिबार गाउँपालिकाले प्रतिमृतक व्यक्तिका परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य र प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेलसहितको टोलीले २१ जना मृतकका परिवारलाई भेट गरी मृतकको धार्मिक संस्कारअनुसार परम्परागत कार्य गर्नका लागि राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमासमेत नहुने भएकाले सहयोगस्वरुप राहत रकम घरघरमै पुगेर उपलब्ध गराएको गाउँपालिकाको अध्यक्ष तामाङले बताए ।

सोही समयमा ज्यान गुमाएका व्यक्तिको मृत्यु दर्ता पनि वडा कार्यालयमार्फत घरघरमै गएर प्रदान गरिएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ थप्रेकका ईश्वर कार्कीमार्फत सङ्कलन भएको रु ४४ हजारमा नेविसङ्घका जिल्ला नेता कृष्ण मिश्रले रु छ हजार थप गरी त्यो रकमसमेत गाउँपालिकामार्फत मृतक व्यक्तिका परिवारलाई सहयोग स्वरुप उपलब्ध गराइएको छ ।

यसैगरी, नुवाकोटको शिवपुरी गाउँपालिकाले मृतक व्यक्तिका परिवारलाई सहयोगस्वरुप रु दुई लाख १० हजार दुप्चेश्वर गाँउपालिकालाई उपलब्ध गराएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिए । उनका अनुसार त्यो रकम अब गाउँपालिकाले प्रतिमृतक व्यक्तिको परिवारलाई रु दश/दश हजार उपलब्ध गराउने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरुप दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका व्यवसायी सुशील खड्काले यसअघि प्रतिमृतकका परिवारलाई रु दश/दश हजार उपलब्ध गराएका थिए ।

सो दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप तीन गरी २१ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते १३ जनाको अहिले पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको उपचारका क्रममा आर्थिक अभाव भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार दाताबाट सहयोग जुट्ने क्रम पनि जारी रहेको छ । हालसम्म तामाङ समाज अमेरिकाको तर्फबाट संस्थाका महासचिव बुद्धिमान तामाङको पहलमा रु एक लाख, दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका मधुकर पाण्डेबाट रु एक लाख, हिरारत्न जलविद्युत् आयोजनाले रु ५० हजार, सामुदायिक विकास केन्द्र नुवाकोटले रु ३९ हजार, शिक्षक सङ्घ नुवाकोटले रु ११ हजार, दुप्चेश्वर गाउँपालिका–५ का वडासदस्य होमबहादुर तामाङले रु नौ हजार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि यहाँका जनप्रतिनिधिको पहलमा नेपाल सरकारले निःशुल्क उपचारका लागि प्रबन्ध गराउन पहल भइरहेको जनाएको छ ।

सो दुर्घटनापश्चात चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी अझै फरार रहेका छन् । रासस