काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तलाई न्याय माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ ।
विवेकशील साझा पार्टीको नेतृत्वमा प्रधानमन्त्रीको निवास अगाडि बालुवाटार चोकमा प्रदर्शन गरिएको हो । ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन गृह मन्त्रालय असक्षम भएको दाबी गरे ।
पन्तको घटनाको ५ महिना वितिसक्दा पनि सरकारले दोषी पक्राउ गर्न सकेको छैन ।
प्रहरीले अनुसन्धानको नाममा र्निदोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुँदै आएको छ । पछिल्लो समय प्रदीप रावल र विशाल चौधरीलाई अपराध कबुल गर्न दबाब दिदै प्रहरीले चरम यातना दिने काम गरेको भन्दै अधिकारकर्मीहरुले मानवअधिकार रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।







