पाँचथरका विभिन्न स्थानमा हिमपात « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

पाँचथरका विभिन्न स्थानमा हिमपात


१४ पुस २०७५, शनिबार


हिलिहाङ । पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातबाट त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

पाँचथरको मेची राजमार्गअन्तर्गत पौवा भञ्याङ, राँके, लालीखर्क, कान्छीदोनकान लगायतका स्थानमा हिउँ परेको छ । त्यस क्षेत्रमा डेढ फिट बाक्लो हिउँ परेको छ । हिउँ परेपछि त्यस ठाउँका स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । सडकमा हिमपात भएपछि सवारीसाधन समेत चिप्लेर दुर्घटनाको जोखिम बढेको छ । हिमपातपछि चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ ।

जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, सिदिनलगायतका स्थानमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् । कहिल्यै हिउँ नपर्ने स्थान पाँचथरको घुर्विसे पञ्चमीमा समेत हिउँ परेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको स्थानीयवासी सुजन चेम्जोङले बताए ।

हिउँ परेपछि त्यस क्षेत्र हिउँ खेल्ने स्थानीय पर्यटकको घुइँचो लागेको छ । सदरमुकाम फिदिम बजारका स्थानीयवासी पौवाभन्ज्याङ, सुकेपोखरी, साँधुटार लगायतका स्थानमा हिउँ खेल्ने गर्छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस