सुधार गृहबाट ५१ महिलाको उद्धार, संचालकसहित चार नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुधार गृहबाट ५१ महिलाको उद्धार, संचालकसहित चार नियन्त्रणमा


१४ पुस २०७५, शनिबार


काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा रहेको रिहाव सेन्टर वथिस्दा होम (कृपा घर) बाट ५१ जना महिलाको उद्धार गरिएको छ ।

महानगरिय प्रहरी परिसरले जिल्ला प्रशासन र रिहाव महासंघको टोली समेत परिचालन गरी जवरजस्ती सुधारगृहमा राखिएका ५१ महिलाको उद्धार गरेको हो ।

डाक्टरको व्यवस्था नभएको, एउटै कोठामा १० जना भन्दा बढी महिलाहरु राखेको र १० जनाको मानसिक सन्तुलन पूर्णरुपमा गुमिसकेको अवस्थामा फेला परेका महिलाहरुमध्ये २३ जनालाई आफन्तको जिम्मा लगाइसकेको र २८ जनाको आफन्त आइ नपुगेकाले माईती नेपालमा राख्न पठाइएको छ ।

रिहाव सेन्टरका संचालक सन्तोष गौचनसहित ४ जनालाई नियन्त्रण्मा लिई आमानवीय मुद्दामा ५ दिन म्याद थप गरी महानगरिय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस