२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पन्ध्र वडा स्वास्थ्यचौकीविहीन

अ+ अ-

बैतडी । बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन छन् । नयाँ संरचनाअनुसार जिल्लाका स्थानीय निकाय ८४ वडामा विभाजित भएका र सबै वडामा स्वास्थ्य सेवा पुर्‍याउन कठीन भएको छ ।

साविकका ६८ गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १५ मा स्वास्थ्य संस्था नभएको जिल्ला अस्पतालका डा जगदीशचन्द्र विष्टले जानकारी दिए । स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ ।

नयाँ संरचनाअनुसार कुनै वडामा दुई स्वास्थ्यचौकीसमेत परेका छन् । सरकारले स्वास्थ्य सेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत उपभोग गर्न नपाएको स्थानीय बासिन्दाको गुनासो छ । नयाँ संरचनाअनुसार आफ्नो वडामा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ ।

हरेक वडामा स्वास्थ्यचौकी नहँदा बैतडीका केही महिला घरमै बच्चा जन्माउनसमेत बाध्य छन् । भौगोलिक बिकटताका कारणले पनि स्वास्थ्य संस्थामा पुग्न नसक्ने र स्वास्थ्यचौकी पायक पर्ने ठाउँमा नहुँदा सुत्केरी महिला घरमै बच्चा जन्माउन बाध्य भएका हुन् ।

जिल्लाका स्वास्थ्यचौकी नभएका बाँकी १५ वडामा स्वास्थ्यचौकी स्थापनाका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग भइसकेकाले छिट्टै समस्या समाधान हुने उक्त कार्यालयका प्रमुख निशा जोशीले बताए । रासस