गुडबिल फाइनान्सले नगद लाभांश दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुडबिल फाइनान्सले नगद लाभांश दिने


१२ पुस २०७५, बिहिबार


काठमाडौं । गुडबिल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु चार करोड २१ लाख ५ हजार २६३ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको उक्त निर्णय गरेको र सोसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई आज गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस