२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा घरेलु उद्योग खुल्ने क्रम बढ्दै

अ+ अ-

बेझाड । पाल्पामा पछिल्लो समय घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । जिल्लामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका उद्योग रहेका छन् ।

हालसम्म उत्पादनमूलकतर्फ ४७३, कृषि तथा वन्यजन्तुमूलकतर्फ ३७९, पर्यटनमूलकतर्फ ६२१ र सेवामूलकतर्फ ९१८ उद्योग दर्ता भई सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेले जानकारी दिए । उनका अनुसार आव ०७५र७६ को साउनबाट मङ्सिर मसान्तसम्म उत्पादनमूलक १७, कृषि तथा वन्यजन्तुमूलक २६, पर्यटनमूलक ६७ र सेवामूलक ५४ वटा नयाँ उद्योग थपिएका छन् ।

गत वर्ष उत्पादनमूलक ४८, कृषि तथा वन्यजन्तुमूलक ७८, पर्यटनमूलक १०५ र सेवामूलक ८३ वटा घरेलु उद्योग दर्ता भएका थिए । जिल्लामा पछिल्लो समय महिलाको नाममा पनि उद्योग दर्ता हुने क्रम बढेको छ । गत वर्ष ६७ वटा घरेलु उद्योग महिलाको नाममा दर्ता भई सञ्चालनमा छन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् ।

गत वर्ष उद्योग दर्ता तथा नवीकरणबाट रु नौ लाख ४१ हजार ३१५ राजश्व सङ्कलन भएको छ । जिल्लामा न्यूनतम एक लाखदेखि एक करोड ५० लाखसम्मका मात्र उद्योग दर्ता भई सञ्चालनमा आएको कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले बताउनुभयो ।’घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जाँदा जिल्लामा धेरैलाई रोजगारीको अवसर मिलेको र यहाँ साना उद्योग मात्र दर्ता भई सञ्चालित छन्’, उनले भने ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार रहेको उद्योग अधिकृत गैरे बताउनुहुन्छ । दश करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडदेखि माथिका उद्योगलाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ ।

दश करोडमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । जिल्लामा एक करोड ५० लाखसम्मका दुई तीन वटा उद्योग मात्र सञ्चालनमा छन् भने सरदरमा ६० लाखसम्मका उद्योग ठूला उद्योगका रूपमा चिनिने गरेका छन् । उद्योग नवीकरणका लागि तोकिएको म्याद सकिएको ३५ दिनभित्र गरे जरिवाना नलाग्ने, ३५ दिनदेखि तीन महीनासम्म दोब्बर शुल्कमा, ३ महीनादेखि एक वर्षभित्रमा तेब्बर शुल्क लिएर नवीकरण गर्दै आएको कार्यालयले जनाएको छ ।

नवीकरणका लागि एक वर्ष म्याद नाघिसकेपछि मन्त्रालयबाट नियमबमोजिम मात्र नवीकरण गर्ने व्यवस्था रहेको छ । जिल्लामा उद्योगहरू दिनानुदिन थपिँदै जाँदा धेरैलाई रोजगारीको पनि अवसर मिलेको छ । जिल्लाको सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि विभिन्न उद्योग, व्यवसाय सञ्चालन हुने क्रम बिस्तारै बढ्दै गएको पाइएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकाभित्र पनि पछिल्लो समय उद्योग खुल्ने क्रम बढ्दो ।रासस