२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली बीमा गराई ठगी गर्ने कारागार चलान

अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छमध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने २ जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४ को नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । उनीहरुमध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

उदयपुरका भोला पोखरेल रु २ लाख धरौटी तिरेर छुटेका छन् भने काभ्रे घर भई हाल काठमाडौँ चाबहिल बस्ने सिंहबहादुर लामा र स्याङ्जाका ध्रुव रेग्मीे धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौँले लामालाई रु दुई लाख र ध्रुव रेग्मीलाई रु दुई लाख ५० हजार धरौटी माग गरेको थियो । लामा वल्डवेज मेनपावर इन्सुरेन्सका श्रम प्रतिनिधि हुन् भने अन्य प्राइम लाइफ इन्सुरेन्सका कर्मचारी भएको प्रहरीले जनाएको छ ।

प्रकाश रेग्मी १७ को नक्कली बीमालेख जारी गरेको मुद्दामा गएको वैशाखमा रु एक लाख धरौटी तिरेर तारेकमा छुटेका व्यक्ति हुन् । त्यो मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला पुनःनक्कली बीमालेख बनाई ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको हो । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा मङ्सिरमा काठमाडौँ जिल्ला टोखा नगरपालिका–९ मिलनटोलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।

वल्डवेज म्यानपावर इन्सुरेन्सबाट लामामार्फत बीमाको लागि आवश्यक कागजात प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा कार्यरत प्रकाश रेग्मीले बुझेकोमा हालसम्म प्राइम लाइफ इन्सुरेन्स कम्पनीको नामबाट ७०९ वटा नक्कली बीमालेख जारी गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । अहिलेसम्म ४३४ वटा नक्कली बीमालेख भेटिए पनि अन्य विषयमा अनुसन्धान जारी रहेको ब्यूरोको भनाइ छ ।

अन्य म्यानपावर तथा व्यक्तिगत रुपमा समेत बीमा कम्पनीका कतिपय बीमालेख नक्कली हुनसक्ने भएकाले सम्बन्धित कम्पनीमा गई रुजु गर्न तथा नक्कली भएमा उजूरी गर्नसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।