नेकपा स्थायी समिति बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा स्थायी समिति बैठक बस्दै


१२ पुस २०७५, बिहिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा आलीले सदस्यहरुको जवाफ दिने छन् । यसअघि बुधबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए ।

४७ सदस्यले धारणा राखेका थिए। विशेषगरी सरकारको काम प्रभावकारी नभएको, एसिया प्यासिफिक समिटमा पार्टी नेताहरूको संलग्नता तथा विधानका विषयमा आलोचना भएको थियो।

ओलीको जवाफसँगै राजनीतिक प्रतिवेदनलाई परिमार्जन सहित पारित गरी आजै बैठक टुंगिने सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस