२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा

अ+ अ-

बाजुरा । बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्यचौकी गोठमै सञ्चालन हुँदै आएको हो ।

ठेकेदारले समयमै काम सम्पन्न गरी स्वास्थ्य संस्थालाई भवन हस्तान्तरण नगरेकाले गोठमै बसेर सेवा दिनुपर्दा स्वास्थ्यकर्मी र बिरामीलाई असहज भइरहेको छ ।

पाँच वर्षभित्र भवन सञ्चालन गरिसक्नुपर्नेमा भवन निर्माण भएको एक वर्ष बितिसके पनि अहिलेसम्म हस्तान्तरण नगरिएको स्वास्थ्यकर्मीको गुनासो थियो ।

मौसमी बिरामीको चाप बढिरहेको छ । स्वास्थ्यचौकी व्यवस्थित छैन । गोठमै भए पनि सेवा दिइरहेका छौँ अहेव सरिता चौधरीले भने। स्वास्थ्यचौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्नसमेत गाह्रो भएकोे व्यवस्थापक मानबहादुर विकले बताए ।

गोठलाई जति सफा गरे पनि माथीबाट धुलोे खसेपछि भुइँमा राखेको औषधि फोहर हुने र अप्ठेरो ठाउँ भएपनि आफूहरूले बिरामीलाई सकेसम्म राम्रै सेवा दिइरहेको अहेव चौधरीको भनाइ थियो । उक्त स्थानमा व्यवस्थित शौचालय तथा खानेपानीको पनि अभाव छ ।

पहिलो बालमैत्री वडा घोषणा

त्रिवेणी नगरपालिका १ र २ साविक छतारा गाविसलाई बालमैत्री वडाका घोषणा गरिएको छ । बालमैत्री स्थानीय स्वायत्त शासन ऐनमा उल्लेखित सबै सूचक पूरा गरेपछि जिल्ला समन्वय समितिको सिफारिशमा बुधबार आयोजित औपचारिक कार्यक्रममा बुढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाह र त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले संयुक्तरुपमा ती दुवै वडालाई सुदूरपश्चिम प्रदेशकै पहिलो बालमैत्री वडाका रुपमा घोषणा गरेका हुन् ।

बालबाललिकाको जन्म, खोपको सबै चरणको सुनिश्चितता, निकृष्ट बालश्रम उन्मूलन, विद्यालयमा छात्रामैत्री शौचालयको व्यवस्था, आधारभूत तहको शिक्षाको अवसरमा सबैको सहभागिता, स्थानीय निकायको निर्णय प्रक्रियामा बालबालिकाको सहभागितालगायत १६ वटा बालमैत्री स्थानीय शासनका खुट्किला र ३९ सूचक पूरा गरेपछि नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको उपप्रमखु राधिका सुनारले बताए। वडाभित्र रहेका १८ वर्षमुुनिका दुई हजार ३८० बालबालिकालाई बालमैत्री स्थानीय शासनका ३९ सूचक पुरा गराउन वडामा सेभ द चिल्ड्रेन, पीसविनको सहयोग रहेको वडा नं २ का अध्यक्ष प्रभुराज जोशीले जानकारी दिए ।