वृत्ति विकासको सुनिश्चिततासहित समायोजन सूचना प्रकाशन गरिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वृत्ति विकासको सुनिश्चिततासहित समायोजन सूचना प्रकाशन गरिँदै


प्रशासन विशेष ब्युरो

११ पुस २०७५, बुधबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मध्यान्ह कर्मचारी समायोजनको सूचना प्रकाशन गर्ने तयारी गरेको छ ।

कर्मचारीले सबैभन्दा बढी जोड दिएको वृत्ति विकासको पक्षलाई सम्बोधन गर्ने सुनिश्चिततासहित समायोजनको औपचारिक सुरुवात गर्न लागिएको हो ।

सामान्य प्रशासन उच्च स्रोतका अनुसार आज दिउँसो २:२० बजे सबै मन्त्रालयका सचिवसहितको उपस्थितिमा आयोजना हुने पत्रकार सम्मेलन लगत्तै २१ दिनको समय दिएर कर्मचारी समायोजन फाराम भर्ने सूचना निकालिँदै छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजना हुने पत्रकार सम्मेलनमा कर्मचारीको प्रमुख माग रहेको वृत्ति विकासको पक्षलाई ऐनमा समावेश गर्ने सुनिश्चितता गर्ने तयारी रहेको स्रोतले बतायो ।

निजामती कर्मचारी, समिति, आयोग, प्रतिष्ठानलगायत खारे भएका निकायहरूका कर्मचारीका लागि, जिल्ला समन्वय समितिका कर्मचारी र पद मिलान नभई सकेका अर्थात् फाजिलमा परेका कर्मचारी गरी ४ वटा सूचना प्रकाशन हुनेछन् ।

सम्बन्धित समाचार : अध्यादेश ढाँट छल गर्न ल्याएको होइन, कार्यान्वयन गर्न ल्याएको हो

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ मा तीनै तहको संगठन संरचना र कर्मचारी दरबन्दी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको नेतृत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले पुरानै सङ्गठन संरचना र दरबन्दी अनुसार नयाँ अपडेट गरेर सरकारलाई बुझाएसँगै सूचना निकाल्ने तयारी गरेको हो ।

समितिले संघ, प्रदेश र स्थानीय तहमा क्रमशः ४६ हजार, २२ हजार र ६८ हजार बनाएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस