६६ ग्राम सुनका गहनासहित नौ पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

६६ ग्राम सुनका गहनासहित नौ पक्राउ


१० पुस २०७५, मंगलबार


काठमाडौैं । गोंगबुबाट प्रहरीले सूनका गहना मोबाइल र घडीसहित नौ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले गोंगबु वैकुण्ठ गेष्ट हाउस नजिकबाट चोरीका गहनासहित नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २१ वर्षीय चाईनिज भनिने सुमन थापा मगरसहित ८ आठ जना रहेका छन् । गेष्टहाउस नजिकबाट पक्राउ गरिएका सुमन थापामगरको जानकारीका आधारमा अन्या साथीहरुलाई गेष्टहाउसबाट नियन्त्रणमा लिइएको हो ।

गेष्ट हाउसको कोठा नं. ३०१ बाट ४ जना पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको हो ।

निजहरुले चोरी गरेको सामन कुमारीस्थानस्थित भु.पू. सैनिक सुन चाँदीमा बेच्ने गरेको खुल्न आए पश्चात पसलकी सञ्चालिका सबिता सुनारलाई सोधपुछ गर्ने क्रममा चोरी गरी ल्याएको सुन उनले किन्ने गरेको खुलेको छ । उनले किनेको सुन न्यरोडस्थित मुन्ना नाम गरेको कालिगढलाई विक्री गरेको खुलेको बताएको हुँदा प्रहरीले न्युरोडस्थित कालीगढको कोठाबाट ६६.०२ ग्राम सुन बरामद गरी अनुसन्धान थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस