नेपालगञ्जमा हुस्सु, उडान अवरुद्ध « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपालगञ्जमा हुस्सु, उडान अवरुद्ध


१० पुस २०७५, मंगलबार


नेपालगञ्ज । बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ ।

दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ ।

बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ । हवाइजहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो । बाँकेमा आज बिहान ४०० मिटरमात्र भिजिविलिटी रहेको चौरसियाले बताए ।

नेपालगञ्ज विमानस्थलका सुरक्षा इञ्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहान काठमाडौँका लागि उडान हुन नसकेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस