मन्थलीबाट ६७ किलो सडेको मासु बरामद् « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्थलीबाट ६७ किलो सडेको मासु बरामद्


१० पुस २०७५, मंगलबार


रामेछाप । मन्थलीबाट ६७ किलो सडेको मासु बरामद भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित एक मासुपसलबाट बिक्रिमा राखिएको ६७ किलो सडेको मासु बरामद गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद गरेको हो ।

मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सडेको कुखुराको मासु तथा नौ किलो सडेको ससेज बरामद गरिएको हो ।

यस्तै न्यू फेमस मिट सप बाट १० किलो राँगाको सडेको मासु र मन्थली मासु पसलबाट कुखुराको सडेको दुई किलो मासु बरामद् गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडेको मासु बिक्रीका लागि राख्ने जुनेश मासु पसललाई दुई हजार तथा न्यू फेमस मिट सपका सञ्चालकलाई पाँच हजार जरिवाना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस