काठमाडौं । भारतका विभिन्न स्थानबाट १३ नेपाली चेलीको उद्धार गरिएको छ । भारतको बैंगलोरबाट आठ र अहमदाबादबाट पाँच जनालाई उद्धार गरिएको छ ।
उद्धार गरिएका नेपाली चेलीहरुलाई आज स्वदेश फर्काइँदै छ ।
दलालहरुले उनीहरुलाई विभिन्न सपनादेखाउँदै भारतका विभिन्न शहरमा पुर्याएको थियो । विभिन्न किसिमका लोभलालचमा परी आफ्ना उज्वल भविष्यको सपना देखेर भारत पुगेका चेलीहरुलाई समाजसेवी बाकृष्ण पाण्डेको नेतृत्वमा उद्धार गरिएको थियो ।
पाण्डेले सबै नेपाली चेलीहरुलाई बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको सीआइबीको जिम्मा लगाइने जनाएका छन् ।







