काठमाडौं । आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव क्रिसमसडे मनाइँदैछ ।
नेपालमा ०६४ अघिसम्म क्रिसमसडे चर्चमा मात्र मनाइने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको छ । नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ ।
क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेललगायतका क्षेत्रमा र ललितपुर, भक्तपुर, पोखरालमा पनि सांगीतिक कार्यक्रम गरी मनाइन्छ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ ।
येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिले क्रिसमसको अवसरमा शुभकामना सन्देश दिएका छन् ।
सरकारले ०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिने गरेकोमा गत वर्षबाट कटौती गरेको छ । तर क्रिश्चियन धर्मालम्बीले भने आजको दिन बिदा पाउँछन् ।







