२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट

अ+ अ-

पोखरा । दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन् ।

आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं २ भैँसेगौँडामा विसं २०७२ देखि नै सामूहिकरुपमा मेकाडामिया नटको खेती शुरु गरिएको छ ।

राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूहमा उक्त क्षेत्रका २५ जना कृषक आबद्ध भई ५०० बिरुवा लगाइसकेको समूहका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।

भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायतका स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले मेकाडामिया नट लगाएका छन् । यस आसपासमा मात्रै हाल एक हजार ५०० भन्दा बढी बोट लगाइसकिएको छ । “गाउँ बस्तीमा अहिले बाँदरको बिगबिगी छ”, उनले भने, “मेकाडामिया नट बाँदरले खान सक्दैन, एकपटक लगाएपछि त्यसबाट वर्षौं उत्पादन लिन सकिने भएका कारण पनि यसतर्फ कृषकको आकर्षण बढेको छ ।”

भैँसे गौँडामा वि.सं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहल र साविक राङभाङ गाविसका २५ जना कृषकको पहलमा पहिलोपटक नर्सरी तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । पछिल्ला समयमा व्यक्तिगरुपमा पनि यस खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।

मेकाडामिया नट खेतीको शुरुआत अष्ट्रेलियाबाट भएको हो । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । राम्रो उत्पादन गर्नसके मेकाडामिया नटको माग अष्ट्रेलियासम्म हुने गरेको छ । बजारमा प्रतिकिलो रु ६०० सम्म बिक्री हुने गरेको बताउने कृषक बजारको मागअनुसार पुर्‍याउन नसकिएको बताउँछन् ।

सामान्यतः २५ देखि ३२ डिग्री तापक्रम यो नटका लागि उपयुक्त हुने भएकाले मध्यपहाडी क्षेत्र यसका लागि उर्बर मानिन्छ । कृषि अनुसन्धान केन्द्र मालेपाटनका कृषि वैज्ञानिक श्यामप्रसाद पौडेलका अनुसार समुद्री सतहबाट लगभग एक हजार २०० देखि एक हजार ३०० मिटरसम्मको उचाइको सिँचाइयुक्त भू–भाग यसका लागि उपयुक्त मानिन्छ ।

मालेपाटन कृषि अनुसन्धान केन्द्रबाट वार्षिक एक हजारदेखि एक हजार ५०० बिरुवाको नर्सरी तयार हुने गरेको जानकारी दिँदै उनले पछिल्ला वर्षमा पोखरा आसपासका क्षेत्रमा यसको बिरुवा लैजानेक्रम निकै बढिरहेको बताए।

कास्कीको ल्वाङघलेल, अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न भू–भागका साथै आसपासका क्षेत्रमा यसको खेती विस्तार भएको पौडेलले जानकारी दिए । “मेकाडामिया नटमा बाँदर त लाग्दैन नै यसमा असिनाको प्रकोप पनि पर्दैन,” उनले भने, “टिपिसकेपछि यसको फल लामो समयसम्म सुरक्षित राख्न सकिने अनुसन्धानले देखाएको छ ।”

उत्पादन समयका दृष्टिले दशैँ तिहारको समयमा फल टिपिने भएकाले नेपालको आन्तरिक बजारमा पनि यसले महत्वपूर्ण स्थान ओगट्न सक्ने देखिन्छ । मेकाडामिया नट लगाएको पाँच वर्षमा उत्पादन लिन सकिन्छ भने र झण्डै २० वर्षभन्दा बढी फल्ने गर्दछ । बाँदर र वर्षेनी असिनाको प्रकोपका कारण कृषक समस्यामा परिरहेको वास्तविकतामा मध्य पहाडी क्षेत्रमा यसको व्यावसायिक खेती महत्वपूर्ण विकल्प हुन सक्ने देखिएको छ ।