दिगम्बर झालाई बर्खास्त गर्न नेकपाका ४३ केन्द्रीय सदस्यको माग « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दिगम्बर झालाई बर्खास्त गर्न नेकपाका ४३ केन्द्रीय सदस्यको माग


८ पुस २०७५, आइतबार


दिगम्बर झा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४३ केन्द्रीय सदस्यहरुले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई बर्खास्त माग गरेका छन् ।

भ्रष्ट र विवादित छवीका राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै स्थायी कमिटिमार्फत पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् ।

दिगम्बर झा, जसले आर्थिक अनियमितता गर्यो र भ्रष्टाचार गर्यो भनेर आफैले अपदस्थ गर्ने, अपदस्थ गरेको ५० दिनमा पुन नियुक्त गर्नुको पछाडीको कारण के हो, रामकुमारी झाक्रिले भनिन्, भ्रष्ट भनेका मान्छे चोखिएर यस्तो निश्कलंक कसरी बने, त्यसको जष्टिफाई नभइकन कसरी नियुक्त भए भन्ने आम सरोकारको विषय हो ।

दिगम्बर झाको नियुक्ति खारेजीको लागि स्थायी कमिटिले निर्णय गरेर सरकारलाई निर्देशन देओस् भन्ने हाम्रो आग्रह हो झाक्रिले भनिन् ।

झाको नियुक्ति खारेजीसँगै गणतन्त्रलाई बदनाम गर्ने गरी बाँडिएका मान, पदवी र पदकहरुको खारेजीकोसमेत माग गरेको झाक्रिले बताइन् ।

सरकारले लिएको ‘भ्रष्टाचार विरोधी सुन्य सहनशीलता’ नीति तथा प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने घोषणा विपरित नेताहरुले भ्रष्ट र विवादित ब्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा सरकारको गरीमा र लोकप्रियतामा गम्भीर धक्का पुगेको बताएका छन्।

‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने समेत विनम्र अनुरोध गर्न चाहन्छौं,’ पत्रमा भनिएको छ।

शनिवार एक घण्टाको बिचमा चलाइएको क्याम्पेनिङका क्रममा ४२ जना सदस्यहरुले स्थायी कमिटीमार्फत् पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस