विद्यालयलाई दुई थान कम्प्युटर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यालयलाई दुई थान कम्प्युटर


८ पुस २०७५, आइतबार


हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको एक विद्यालयलाई दुई थान कम्प्युटर रोटरी क्लबले सहयोग गरेको छ । शनिबार जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा रहेको इन्द्रज्वाला प्राथामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

रोटरी क्लबले शनिबार एक कार्यक्रमका बीच कम्प्युटर उपलब्ध गराएको सोही गाउँपालिका–४ का सदस्य राजबहादुर जेठाराले बताए । खार्पुनाथ गाउँपालिका–४ मा रहेको रोटरी क्लबले सोही इन्द्रज्वाला प्राथामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभान जेठारा र सोही गाउँपालिका–५ का सदस्य भरत शाहीको उपस्थितिमा दुई थान कम्प्युटर वितरण गरिएको छ ।

विद्यार्थीको पाठ्यक्रममा नै कम्प्युटर कोर्ष भएका कारण विद्यार्थीलाई पढ्न सहज हुने भन्दै वितरण गरिएको वडा नं ५ का सदस्य जेठाराले बताए । रासस

प्रतिक्रिया दिनुहोस