२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली विधार्थी समाज कोरियाको सातौँ शैक्षिक सेमिनार वोनखोङ्ग विश्वविद्यालयमा हुने

अ+ अ-

कोरिया । नेपाली विद्यार्थी समाज कोरिया(सोनसिक) ले आफ्नो सातौँ शैक्षिक सेमिनार आगामी डिसेम्बर २९ र ३० तारिख दक्षिण कोरियाको इक्सानस्थित वोनखोङ्ग विश्वविद्यालयमा आयोजना गर्ने भएको छ ।

दुई दिनसम्म चल्ने सेमिनारमा पहिलो दिन ‘नेपालको सङ्घीय शिक्षा नीतिमा प्रवासमा रहनुभएका नेपालीहरूको भूमिका’ विषयक कार्यशाला गोष्ठी हुने छ भने दोस्रो दिन ‘नेपालको विकाश र अनुसन्धानमा प्रवासी नेपालीको भूमिका’ विषयमा छलफल हुने छ ।

सम्मेलनले कोरियामा अध्ययनरत नेपालीहरूको अनुभव र ज्ञानलाई नेपालको समृद्धिमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सोन्सिक सभापति तुलसी पौडेलको भनाई छ ।

‘कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीहरूको अनुभव तथा ज्ञानलाई नेपालको विकाश र समृद्धि कसरी जोड्ने र नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भूमिका कस्तो हुने भन्ने बहसको निरन्तर अभ्यास हो, शैक्षिक सेमिनारको यो सातौँ संस्करण,’- सोन्सिक सभापति तुलसी पौडेल भन्छन् । सोनसिकले वार्षिक हरेक वर्ष सेमिनार आयोजना गर्दै आएको छ ।

कार्यक्रममा गरिने छलफलको निष्कर्षलाई प्रतिवेदनको स्वरूप दिएर नेपाल सरकारको सम्बन्धित निकायमा बुझाउने योजना रहेको सभापति पौडेलले बताए ।

सेमिनारमा कोरियामा रही लामो समय शिक्षा र अनुसन्धानमा संलग्न व्यक्तिहरू, विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरू तथा प्रवासी नेपाली समुदायको उल्लेख्य सहभागिता हुने आयोजकले जनाएको छ ।

कोरियाका लागि नेपालका राजदूत अर्जुन जङ्ग बहादुर सिंह प्रमुख अतिथिको रूपमा रहनेछन् भने कार्यक्रममा अनुसन्धानको प्रस्तुतीकरण तथा जानकारीमूलक पोस्टर प्रदर्शन गरिने हुँदा सम्पूर्ण विद्यार्थी, अनुसन्धानकर्ता र सहभागीहरूको लागि फलदायी हुने कार्यक्रम संयोजक प्रकाश देवकोटाले जानकारी दिए ।

कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन २९ तारिख साँझ साङ्गीतिक एवम् सांस्कृतिक साँझको तयारी पनि गरिएको छ । जसमा विविध नेपाली गीत सङ्गीत, दोहोरी, भजन तथा सांस्कृतिक कार्यक्रम रहेन संस्थाको सांस्कृतिक विभाग संयोजक टोंकिंग बास्तोलाले बताए।

कार्यक्रममा कोरियामा रहेका विद्यार्थीहरूका लागि सहजीकरण गर्ने उदेश्यका लागि तयार पारिएको पुस्तक विमोचन पनि गर्ने संस्थाका सचिव दीर्घराज जोशीले जानकारी दिए । कार्यक्रम आयोजक कमिटीले कोरियास्थित सम्पूर्ण विद्यार्थी, अनुसन्धानकर्ता तथा विभिन्न सामाजिक सङ्घ-संस्था र विशिष्ट व्यक्तिलाई कार्यक्रममा उपस्थितिको लागि निमन्त्रण गरिसकेको, उत्कृष्ट प्रस्तुतीकरण तथा पोस्टरहरूलाई पुरस्कृत गरिने र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाई छ ।