सिभिल बैंकको ८ औँ वार्षीकोत्सवमा एक सयले गरे रक्तदान « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सिभिल बैंकको ८ औँ वार्षीकोत्सवमा एक सयले गरे रक्तदान


८ पुस २०७५, आइतबार


वीरगंज । सिभिल बैंक लिमिटेडले ८ औँ वार्षीकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

वार्षीकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना पनि गरेको छ । कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन ।

रक्तदान कार्यक्रममा आफुले सोचे भन्दा उल्लेखनीय सहभागीता पाएको र अगामी दिनमा समेत यस्तै कार्यक्रमहरु आयोजना गरिने वीरगंज शाखा प्रमुख सन्तोष साहले बताए ।

विगतमा पनि यस बैंकले धेरै समाजीक कार्यहरुमा सहयोगीको रुपमा रहँदै आएकोमा अगामी दिनहरुमा पनि समाजलाई प्रत्यक्ष फाईदा पुग्ने कार्यहरुमा सदैव तत्पर रही सहयोग गर्ने शाखा प्रमुख साहले बताए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोर्साइटी तथा रक्त संचार केन्द्रले सहयोग गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस