दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


भोजपुर । तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ ।

मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए । निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो ।

निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ । भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडौं भने आइतबारबाहेक हप्तामा छ दिन उडान भइरहेको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस