श्रावण ८ गते, २०७६

पोलिमर नोट छपाइमा भ्रष्टाचार, पूर्वगभर्नर तिलक रावलसहित तीन जनाकाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.तिलक रावलसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालिन गभर्नर रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

नेपाल राष्‍ट्र बैंकबाट दश रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको अख्तियारले जनाएको छ ।

आयोगले बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता कार्य भएको पाइएको जनाएको छ ।

अख्तियारले अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको भेटिएको छ । त्यस्तै छापिएका नोटका कमी कमजोरी सञ्चार माध्यममा नल्याउनका लागि मिडियाकर्मीहरुलाई थाइल्याण्ड हुदै अष्ट्रेलिया पठाउने गरेका समेत अख्तियारले खुलासा गरेको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

पौष ५ गते, २०७५ - १८ः१९ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg