२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय आवासको जग्गा बेचिँदै

अ+ अ-

काभ्रेपलाञ्चोक । राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा बिक्री गर्न थालेकोे छ । नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि बनेपा–पनौती सडकखण्डको सो स्थानमा ५७ रोपनी जग्गा खरिद गरेकोे थियो ।

आवास निर्माण गर्न चाहनेका लागि जग्गा बिक्री शुरु गरिएको कम्पनीका निमित्त योजना प्रमुख रुना कार्कीले जानकारी दिए । उनले भने “उक्त जग्गामा चालू आर्थिक वर्षमा ७० घडेरी बिक्रीका लागि सूचना प्रकाशन गरिसक्यौँ, बोलपत्र आह्वान गरिएको पनि बुधबार अन्तिम मिति हो ।”

कम्पनीले आफैँ व्यवस्थित आवास बनाई बिक्री गर्ने उद्देश्य राखे पनि जग्गा खरिद गरेको नौ वर्षसम्म कुनै काम हुन नसकेपछि वि.सं. २०६७ मा आफ्नै युनिट कार्यालय तथा २०६८ सालमा योजना कार्यालय नै स्थापना गरी काम अघि बढाएको थियो ।

निमित्त योजना प्रमुख कार्कीका अनुसार कम्पनीको कूल ५४ रोपनी क्षेत्रफलमा ९२ घडेरी रहेको र आर्थिक वर्ष २०७४/७५ सम्म २२ घडेरी बिक्री भइसकेको छ । बिक्री गर्न बाँकी रहेका ७० घडेरीलाई क, ख र ग श्रेणीमा विभाजन गरी बिक्रीका लागि खुला गरिएको जानकारी दिँदै निमित्त योजना प्रमुख कार्कीले भने, “विगतमा बनेपा नगरपालिकाको ल्याण्डफिल्ड साइडका कारण जग्गा बिक्री हुन सकेन, अहिले त्यो अवस्था नरहँदा बिक्री थालेका हौँ ।”

कम्पनीले ‘क’ श्रेणीका प्रतिवर्गमिटर रु २७ हजार ८९२, ‘ख’ श्रेणीका रु २४ हजार ७५६ र ‘ग’ श्रेणीको घडेरी रु १९ हजार ८०६ मा बिक्री वितरण गर्ने सूची बनाएको छ । हाल बिक्रीका लागि क श्रेणीका १४, ख श्रेणीका ३७ र ग श्रेणीका १९ घडेरी राखिएको छ । कम्पनीले शुरुमा ५७ रोपनी जग्गा करीब १०० आवास, बगैँचा, पार्किङ्ग, खानेपानी, बिजुलीका तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको थियो । रासस