२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच महीनामा ७४ यात्रुको मृत्यु

अ+ अ-

चितवन । सवारी साधनको चाप बढेसँगै दुर्घटना पनि बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्र्याक्टर दुर्घटनामा चार, जिप दुर्घटनामा तीन, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट पाँच साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २०५ जना घाइते भएका थिए ।

प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी सङ्ख्यामा मृत्यु हुने गरेको बताए । सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको सङ्ख्या पनि बढ्दै गएको हो । तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको गौतमले बताए । जिल्लामा मासिक एक हजार मोटरसाइकल तथा १०० साना गाडी बिक्री हुने गरेको तथ्याङ्क छ । रासस