‘फन्ड सर्टेज’ भएको भन्दै इटालियन ठेकदार कम्पनीले गर्‍यो मेलम्ची छोड्ने घोषण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘फन्ड सर्टेज’ भएको भन्दै इटालियन ठेकदार कम्पनीले गर्‍यो मेलम्ची छोड्ने घोषण


२ पुस २०७५, सोमबार


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ‘फन्ड सर्टेज’ भएको भन्दै ठेका लिएको इटालियन कम्पनीले आयोजना छोड्ने घोषणा गरेको छ ।

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन आयोजनाको बाँकी काम गर्न नसक्ने भन्दै छोड्ने घोषणा गरेको हो ।

आइतबार कम्पनी छोडेको घोषणापत्रसहित कम्पनीका प्रतिनिधि मेम्ची खानेपानी आयोजना पुगेको स्रोतले जनाएको छ ।

आयोजनाका पदाधिकारीहरुले भने पत्र बुझ्न अस्वीकार गरेका छन् । खानेपानी मन्त्रालयले आयोजनालाई पत्र नबुझ्न निर्देशन दिएको थियो ।

सरकारले पनि पत्र बुझ्न अस्वीकार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस