घरभाडावापत लिएको ९० हजार फिर्ता गर्दै नेता योगेश भट्टराई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घरभाडावापत लिएको ९० हजार फिर्ता गर्दै नेता योगेश भट्टराई


१ पुस २०७५, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको ९० हजार रुपैयँँ फिर्ता गर्ने भएका छन्।

सांसद भट्टराईले ताप्लेजुङबाट निर्वाचित हुन् । उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनामा लिएको घरभाडावापतको रकम ९० हजार फिर्ता लिन संसद सचिवालयलाई आग्रह गरेका छन् ।

उने आइतबार ए विज्ञप्ति जारी गर्दै घरभाडा वापत २०७४ फागुनदेखि २०७५ मंसिरसम्म आफ्नो नाममा जम्मा भएको १० महिनाको ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गरेका छन् ।

सांसद भट्टराईले संसद सचिवालयले फारम भराउँदा काठमाडौंमा घर भएको उल्लेख गरे पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन् ।

उनले संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेख व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा दुख व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस