२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग

अ+ अ-

काठमाडौं । विभिन्न सातवटा प्राविधिक संस्था सम्मिलित प्राविधिक सञ्जाल नेपालले सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश सच्याउन माग गरेको छ ।

आज आयोजित साक्षात्कारमा ती संस्थाका नेताले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश सङ्घीयता विरोधी, कानूनसँग बाँझिएको भन्दै समग्र कर्मचारीको हितमा नरहेको बताए।

केही उच्च प्रशासकको हितमा ल्याउने चेष्टा गरिएको बताउँदै राजपत्र अनङ्कित प्रथमबाट छैठौं तहमा समायोजन हुँदा मात्रै शैक्षिक योग्यता राखिएको प्रावधान हटाउनु पर्ने, तीनवटै तहमा समायोजन भएका कर्मचारी निश्चित मापदण्डका आधारमा तीनै तहमा सरुवा बढुवा हुनपाउनु पर्नेमा जोड दिए।

वरिष्ठ कर्मचारी तल्लो तहका कर्मचारीको मातहमा रहेर काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, श्रेणी विहीनदेखि विशिष्ट श्रेणीका कर्मचारीलाई एकमुष्ठ समायोजन गर्नुपर्ने, प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव ज्येष्ठताका आधारमा खटाइनुपर्ने, सेवाबाट अलग हुँदा पाउने सेवा सुविधा खटिएको श्रेणी वा तहको हुनुपर्ने उनीहरुको माग छ ।

प्राविधिक सञ्जालका संयोजक रामप्रसाद मेहताले कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितविपरीत भएको बताउँदै पहुँच भएका कर्मचारी सङ्घमा रहने तथा पहुँच नभएका कर्मचारी दुर्गम क्षेत्रमा खटिनुपर्ने व्यवस्था गरिएकाले त्यसको खारेज गर्नुपर्ने माग गरे ।

नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घका अध्यक्ष जनकबहादुर रावलले संसदबाट ल्याइएको कर्मचारी समायोजन ऐनलाई लत्याउँदै ल्याइएको अध्यादेश प्राविधिक कर्मचारीको हितमा नरहेको बताए।

डिप्लोमा इञ्जिनीयर्स एशोसिएसनका सहअध्यक्ष कमल अर्यालले अध्यादेशले स्थानीय तथा प्रदेशमा समायोजन भएका इञ्जिनीयरको वृत्ति विकासलाई रोक्न खोजेको बताए ।

कार्यक्रममा नेपाल फोरेष्ट टेक्निेसियन एशोसिएसनका अध्यक्ष गोविन्द पाण्डे, नेपाल कृषि प्राविधिक एशोसिएसनका अध्यक्ष देवराज गौली, जुनियर वन प्राविधिक सङ्घका अध्यक्ष गणेशबहादुर बस्नेतले कर्मचारी समायोजन अध्यादेशमा संशोधन हुनुपर्नेमा जोड दिए ।