२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सङ्घीयता कार्यान्वयनका लागि समन्वय आवश्यक’

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको २४औँ वार्षिकोत्सव तथा महानगर महोत्सवको आज वसन्तपुरमा उद्घाटन गर्दै उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वयका साथ अघि बढ्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री पोखरेलले भने, “हामीले राजनीतिक फैसला गरेर सङ्घीय संरचनामा गयौँ तर अहिले पनि प्रशासनिक र वित्तीय हिसाबले सङ्घीयताको नमूनालाई प्रयोग गर्न सकेका छैनौँ, आगामी हिउँदे अधिवेशनबाट कानून बनाएर प्रभावकारी कार्यान्वयनमा लगिनेछ ।”

उनले महानगरलाई नयाँ ढङ्गले विकास र समृद्ध बढाउन प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाउनुपर्ने उल्लेख गर्दै यसका लागि सङ्घ र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । संस्कृति र पुरातात्विक सम्पदाको महत्वपूर्ण थलोका रुपमा परिचित काठमाडौं महानगरको योजनाबद्ध विकासका लागि सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले महानगरपालिकाको दीर्घकालीन फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडाको ‘ल्याण्डफिल्ड’ क्षेत्रलाई व्यवस्थित बनाइने बताए । “अब कुनै पनि दिन महानगरको फोहर उठेन भन्ने गुनासो नआउने गरी फोहर व्यवस्थापनको योजनाबद्ध कार्यक्रम अघि बढाएका छौँ, जसले वातावरण व्यवस्थापन र शहरी सौन्दर्यता कायम गर्नेछ,” उनले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्यमबाट देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने क्रममा सबैभन्दा महत्वपूर्ण महानगरको संस्कृति र पुरातात्विक सम्पदा भएकाले यसको संरक्षण प्रवर्द्धनका लागि तीनै तहको सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले इतिहास, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्ने महानगरको विकास र समृद्धिका लागि तीन तहका सरकारले समन्वय गरी योजना कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सम्पदा संरक्षणसँगै व्यवस्थित शहरीकरणका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको उल्लेख गरे । महानगरले प्रदेश सरकारको सहकार्यमा काठमाडौंलाई सफा धुवाँ, धुलोमुक्त शहर बनाउन विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइएको र अन्य महानगरसँग समन्वय गरी आधुनिक सुविधायुक्त विद्युतीय सवारी साधन सञ्चालन गरिने उनको भनइ थियो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्कीले प्राचीन सभ्यताको नगरी काठमाडौं शहरलाई व्यवस्थित र समृद्ध बनाउन सरोकारवाला निकायसँग समन्वयका साथ अघि बढ्ने बताए । वि.सं. २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिको रुपमा घोषणा गरिएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले काठमाडौं महानगरपालिकाको स्मारिका विमोचन गरेका थिए । सोही कार्यक्रममा काठमाडौंका प्रथम निर्वाचित पूर्व प्रमुख जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो भने महानगरको सुशासन कायम गर्न र महानगरलाई विभिन्न तवरबाट उल्लेख्य योगदान गर्ने पत्रकार, विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।

महानगरले १२१ जना परम्परागत बाजाका गुरुलाई नगद रु २५ हजारसहित सम्मान गरेको छ । त्यस्तै उत्कृष्ठ विद्यालय र करदातालाई पनि सम्मान गरियो । आगामी पुस ३ गतेसम्म चल्ने महोत्सवमा स्थानीय संस्कृति, खानाका परिकारको प्रदर्शनी तथा महानगरको विभिन्न गतिविधिसम्बन्धी कक्ष राखिएको छ । रासस