जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित


२७ मंसिर २०७५, बिहिबार


ग्लोबल ह्याप्पिनेश समिट

इटहरी । सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको बताएका छन् ।

मोरङ सुन्दरहरैचा नगरपालिका गोठगाउँमा पौडेल वंश प्रतिष्ठानद्वारा बुधबार आयोजित श्रीमद् वाल्मिकी रामायण नवाह महायज्ञको कार्यक्रममा बोल्दै उनले जातीय एकता र सहअस्तित्वबीचको मिलन तथा एक अर्काको धर्मसंस्कार र संस्कृतिप्रति समान सद्भाव राख्न सक्नु नै हामी नेपालीको विशिष्ठ पहिचान भएको बताए ।

यस्तै सुनसरीको इटहरीस्थित षडानन्द स्मृति प्रतिष्ठानको १८४औँ जन्मजयन्ती समारोहमा प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले नेपालको इतिहासमा आवाल ब्रहमचारी बालागुरु षडानन्द अधिकारीको विशिष्ठ योगदान रहेको कुरा नेपालले कहिल्यै बिर्सन नहुने बताए ।

उनले नेपालको शिक्षा आन्दोलनमा बालागुरु षडानन्द अधिकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै भाषाको जननी संस्कृत भाषाप्रति गम्भीर ध्यान दिनुपर्ने बताए ।

षडानन्द प्रतिष्ठानका अध्यक्ष टीकाप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विदुषी वृन्दा बराल निरौलालाई दोसल्ला ओढाएर सम्मान गरियो ।

Tags :
प्रतिक्रिया दिनुहोस